Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता


काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्ज हुने भएका छन् । दुवै संस्थाहरूबीच मंगलबार होटल -याडिसन, लाजिम्पाट, काठमाडौंमा एक कार्यक्रम आयोजना गरी दुवै कम्पनीहरू एक–आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको हो । सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष मनोहर दास मूल र सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा दुवै कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरूलगायतका पदाधिकारीहरू समेतको उपस्थिति थियो ।

उक्त सम्झौताअनुसार दुवै कम्पनी एक–आपसमा गाभिएपछि बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमति भएको छ । मर्जरसम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारणसभामा लगिनेछ । त्यसैगरी दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवं डीडीए रिपोर्ट समेतका आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर आदानप्रदान अनुपात क्रमश १००ः८० कायम रहनेछ ।

साथै दुवै कम्पनीको आव २०७८/०७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरणपश्चात् स्वाप रेसियो गणना गरी मर्जरपश्चात् कायम हुने कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार एक सय ९५ रुपैयाँ कायम रहनेछ । त्यसैगरी, मर्जरपश्चात् बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि.को सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट तीन/तीन जना र एक जना स्वतन्त्र सञ्चालक रहनेछन् भने सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट हाल रहेका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहने व्यवस्था गरिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया