Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने

स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने


काठमाडौं । स्टान्डर्ड चार्टड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकका अनुसार एक हजार रुपैयाँ अंकित मूल्य कायम रहनेगरी २४ लाख कित्ता ऋणपत्र जारी गर्न लागिएको हो ।

परिपक्व हुने अवधिमा पाँच वर्ष तोकिएको ऋणपत्रमा वार्षिक १० दशमलव ३० प्रतिशत व्याजदर कायम रहेको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको बैंकको ऋणपत्रको बिक्रीकार्य यही माघ २६ गतेबाट सुरु भई ढिलोमा फागुन एक गते र छिटोमा फागुन ११ गते बन्द हुनेछ । लगानीकर्ताहरूले न्यूनतम २५ देखि अधिकतम एक लाख कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया