नेपाल लाइफ इन्स्योरेन्सको नाफामा दुई सय ३७ प्रतिशतको वृद्धि
काठमाडौँ । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालू आवको दोस्रो त्रैमासमा उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा दुई सय ३७ दशमलव २९ प्रतिशतको उछाल आएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड चार लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४४ करोड एक लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । यस अवधिसम्ममा १८ अर्ब ६२ करोड ७४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने आठ अर्ब ४४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १६ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म कम्पनीको लगानी २० दशमलव ४६ प्रतिशत बढेर एक खर्ब ५६ करोड ४५ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी १४ प्रतिशत बढेर आठ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ, जीवन बीमा कोष २१ प्रतिशत बढेर एक खर्ब ५० अर्ब ८५ करोड ६४ लाख ८२ हजार रुपैयाँ र महाविपति कोष १६ प्रतिशत बढेर ८३ करोड ३६ लाख ४९ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी समीक्षा अवधिमा २१औँ तथा २२औँ वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरी सकिएकोले जगेडा कोष ४८ करोड चार लाख ४९ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० दशमलव ७३ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय १६ रुपैयाँ एक पैसा र मूल्य अनुपात आम्दानी ६८ दशमलव ४४ गुणा रहेको छ ।
समग्रमा देशमा उत्पन्न भएको आर्थिक सङ्कटले बीमा क्षेत्रमा परेको प्रभावको बीच पनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई कम्पनीको सबल पक्षको रूपमा लिन सकिन्छ । आगामी दिनमा कम्पनीलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न विभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरू अवलम्बन गर्दै नेपालीहरूकको घर दैलोमा गुणस्तरीय बीमा सेवा प्रवाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मूर्तरूप प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको कुरा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया