महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोगका कार्यक्रमहरू सम्पन्न गरेको जानकारी दिएको छ । बैंकको भाटभटेनी शाखाले खुला आकाशमुनी कष्टपूर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगीहरूलाई सेवा गर्ने विशुद्ध परोपकारी संस्था मानव सेवा आश्रमलाई विभिन्न औषधिहरू, दैनिक खानाका लागि अत्यावश्यक सामग्रीहरू साथै विविध सरसफाइका सामग्रीहरू हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
साहाराविहीन, अशक्त, असाहाय, शारीरिक तथा मानसिकरूपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमको दैनिक आवश्यकतामा सहयोग पु-याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । त्यस्तैगरी बैंकको राजापुर शाखाले राजापुर नगरपालिका वडा नं ४ मा अवस्थित अमर सहिद बहुमुखी क्याम्पसलाई खानेपानीको फिल्टर हस्तान्तरण गरेको छ ।
क्याम्पसमा हाल आठ सय विद्यार्थी अध्ययनरत रहेका र वर्षेनी विद्यार्थीको संख्या बढ्दै गएका कारण खानेपानी व्यवस्थापनमा उत्पन्न समस्या समाधानका लागि बैंकले खानेपानीका फिल्टर प्रदान गरेको हो । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तररूपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया