सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ३३ लाख ८२ हजार सात सय ६० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ७५ लाख ३३ हजार दुई सय नौ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २८ करोड ८१ लाख २४ हजार चार सय ४१ रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब सात करोड १५ लाख ४६ हजार चार सय चार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २१ करोड १७ लाख ९० हजार तीन सय ४० रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १० करोड ५५ लाख ११ हजार तीन सय नौ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ६७ लाख ७२ हजार आठ सय ६५ रुपैयाँ रहेको संस्थाको स्प्रेड दर भने तीन दशमलव ५९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ९७ करोड ७८ लाख ३९ हजार २२ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८५ करोड ६२ लाख ११ हजार पाँच सय छ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ८४ लाख ५४ हजार नौ सय ८३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर छ दशमलव ७३ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- विपन्न परिवारलाई पिउने पानीको व्यावस्था
- मौलिकता संरक्षणसँगै स्वरोजगार
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया