अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्न नियमनकारी निकाय विद्युत् नियमन आयोगबाट सहमति पाएको छ ।
कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी तीन अर्ब चौरासी करोडमा गत आर्थिक वर्षको सात दशमलव पाँच प्रतिशत बोनस सेयर समेत समावेश गरी कायम हुने चुक्ता पुँजी चार अर्ब १३ करोड ३२ लाख रुपैयाँको १ः०.४० को अनुपातमा एक सय अङ्कित दरका एक करोड ६५ लाख ३३ हजार एक सय ३७ कित्ता हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो ।
कम्पनीले सञ्चालन गरी विद्युत् उत्पादन गरिरहेको आयोजनाहरूको ऋणमोचन गर्ने निर्णयबमोजिम हकप्रद निष्काशन गर्न विद्युत् नियमन आयोगको पूर्व स्वीकृति प्राप्त भएको हो । अब आगामी बस्ने कम्पनीको १९औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्डसमक्ष अन्तिम स्वीकृतिको लागि पेस भई हकप्रद सेयर जारी तथा निष्काशनको स्वीकृति प्राप्त भएपछिमात्र हकप्रद सेयर निष्काशन तथा बिक्री गरिनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मुलुकको विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण
- विपन्न परिवारलाई पिउने पानीको व्यावस्था
- मौलिकता संरक्षणसँगै स्वरोजगार
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया