Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजारमा तीव्र उतारचढाव

सेयर बजारमा तीव्र उतारचढाव


काठमाडौं । सेयरबजारमा तीव्र उताचरढाव देखिएको छ । अघिल्लो दिन ७६ अंकले उकालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन बुधबार पनि सुरुवाती समय उच्चरुपमा बढेको थियो । कारोबार खुलेको पहिलो एक घण्टासम्ममा २१ अंकले उकालो लागेको बजार परिसुचक अन्तिम समयमा आएर सात दशमलव १६ अंकले ओरालो लागेर २१ सय ७० दशमलव १८ बिन्दुमा झरेको छ ।

यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८७ अंकले ओरालो लागेर चार सय १४ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५७ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् ।

जसबाट ५५ हजार छ सय दुई पटकको कारोबारमा एक करोड पाँच लाख दुई हजार छ सय ४९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ६९ करोड १९ लाख ७२ हजार आठ सय १७ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये अन्य उपसमुहको सुुचक बढेर बाँकी समुहको सुचक घटेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया