प्रभु बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालन गर्न सम्झौता भएको छ । फास्ट बैंकिङ नेपालको मोबाइल तथा इन्टरनेट बैंकिङमा रहेका समस्याहरूलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुसन भएको एससीटीले जानकारी दिएको छ ।
सम्झौतापश्चात् प्रभु बैंकका ग्राहकहरूले फास्ट बैंकिङको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, ओपन एपीआईमार्फत बैंकका थप सेवाहरूलाई मोबाइल बैंकिङमै जोड्न सकिनेछ । फास्ट बैंकिङले बैंकको शाखाहरूमा हुने ग्राहकहरूको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत्रूपमा घटाउन सकिने एससीटीले जनाएको छ । यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा दुवै संस्थाको छ ।
सम्झौतापत्रमा स्माट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्तले हस्ताक्षर गरेका हुन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया