सहकारी बैंकका जिम्मेवारी तोकियो, सूचना सञ्चार उपसमितिको संयोजकमा जिसी
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरूको जिम्मेवारी तोकिएको छ । बैंकको शनिबार सम्पन्न बैठकले सञ्चालकहरूलाई विभिन्न १० वटा उपसमिति र प्रदेश संयोजकको जिम्मेवारी तोेकेको हो ।
बैंकको कामलाई प्रभावकारीरूपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू गठन गरिँदै आएको छ, केन्द्रीय उपसमितिको संयोजक बैकका सञ्चालकहरू रहने र सदस्यहरूमा सञ्चालकसहित बैंकका सदस्य संघसंस्थाका प्रतिनिधिहरू रहने व्यवस्था गरिएको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । सहकारी विभाग र नेपाल राष्ट्र बैंकबाट समिति÷उपसमिति गठनसम्बन्धी निर्देशन, बैंकको स्वीकृत विनियममा भएको व्यवस्थाका आधारमा बैंकको काम कारबाहीलाई प्रभावकारीरूपमा सञ्चालन गर्न, बैंकको तोकिएका उद्देश्य प्राप्त गर्न, बैंकको व्यवसाय विस्तार, सदस्य सहकारी संस्थाको विकास तथा प्रवर्द्वनमा सहयोग गर्न उपसमिति गर्ने व्यवस्था गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिए । सञ्चालक समितिले सूचना, सञ्चार, प्रकाशन तथा प्रविधि उपसमितिको संयोजकमा राम बहादुर जिसी, सम्पत्ति शुद्धीकरण अनुगमन उपसमितिको संयोजकमा अमृता सुब्बा, कर्मचारी सेवा सुविधा उपसमितिको संयोजकमा पार्वती थापा, नीति निर्माण कार्यक्रम उपसमितिको संयोजकमा केदार मानन्धरलाई चयन गरेको छ ।
यस्तै लघुवित्त तथा उद्यम उपसमितिको संयोजकमा महेन्द्र कुमार गिरी, शिक्षा, तालिम तथा सम्मान उपसमितिको संयोजकमा माधवलाल देवकोटा, घरेलु तथा साना उद्योग विकास उपसमितिको संयोजकमा शिवा थापा, लैङ्गिक समानता उपसमितिको संयोजकमा तारा गुरुङ, व्यवसाय प्रवद्र्धन, एकीकरण तथा स्तरीकरण उपसमितिको संयोजकमा मनोज कुमार थापा र जोखिम व्यवस्थापन उपसमिति संयोजकमा ध्रुवराज विष्टलाई चयन गरिएको छ । सातवटा प्रदेशका तर्फबाट निर्वाचित सञ्चालकहरूलाई प्रदेश प्रतिनिधि (संयोजक)को जिम्मेवारी दिइएको छ ।
प्रदेश संयोजकहरूमा प्रदेश नं १ मा महेन्द्र कुमार गिरी, मधेश प्रदेशमा विश्वनाथ मण्डल, बाग्मती प्रदेशमा रामहरि बजगाई, गण्डकी प्रदेशमा राम बहादुर जिसी, लुम्बिनी प्रदेशमा विजया धिताल, कर्णाली प्रदेशमा काली बहादुर महतारा तथा सुदूरपश्चिम प्रदेशमा शिवा थापा रहेका छन् । केन्द्रीय उपसमितिका सदस्यहरू तथा प्रदेशस्तरीय उपसमिति र शाखास्तरीय उपसमितिका संयोजक तथा सदस्यहरू बैंकका सञ्चालक तथा सदस्य संघ संस्थाका प्रतिनिधिहरूलाई चयन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए । बैंकको गत पुस १८ गते सम्पन्न १९औँ वार्षिक साधारणसभाबाट केबी उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मी प्रसाद उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन भएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया