जीवन बिकास लघुवित्तको नाफा २६ करोड ४७ लाख
काठमाडौं । जीवन बिकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा २६ करोड ४७ लाख ८८ हजार छ सय ५९ रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ४२ करोड १९ लाख ५१ हजार तीन सय ११ रुपैंयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब तीन करोड ४२ लाख ८० हजार रुपैंयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा नौं अर्ब ९९ करोड ६६ लाख ९५ हजार नौं सय ६० रुपैंयाँ निक्षेप संकलन गरी २३ अर्ब २४ करोड ४९ लाख ४० हजार दुई सय ६५ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७९ करोड ४५ लाख १० हजार सात सय १९ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
वितरणयोग्य नाफा १९ करोड ३६ लाख १२ हजार एक सय ८६ रुपैंयाँ रहेको संथाको स्प्रेड दर भने चार दशमलव ६८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले नौं अर्ब ५४ करोड ६६ लाख ९१ हजार तीन सय ७१ रुपैंयाँ निक्षेप संकलन गरी २३ अर्ब ३७ करोड २८ लाख १५ हजार छ सय ३२ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा ८३ करोड ५२ लाख २५ हजार ८६ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा शुन्य दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ६२ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
- नेपाल–भारत सीमा समन्वय बैठक
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया