आशा लघुवित्तको निःशुल्क सीपमूलक तालिम
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले २०७९ पुस २४ गतेदेखि माघ २८ गतेसम्म संस्थाको मधेश तथा १ नं. प्रदेशअन्तर्गतको १६ वटा शाखा कार्यालयहरूमार्फत दुई दिने सीपमूलक तालिम सञ्चालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालयहरूमा आबद्ध सदस्यहरूमध्ये सात सय १० जना महिला सदस्यहरूलाई निःशुल्करूपमा लुगा धुने सर्फ, झोल साबुन, अचार, स्याम्पु, ह्यान्डवास, टिका विन्दी, चुरा गहना, कुसन तथा भाडा माझ्ने साबुन बनाउने तालिम प्रदान गरेको होे ।
वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरूले कम लागतमा विभिन्न सामानहरू उत्पादन गर्ने तरिका, बजारीकरणलगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालसम्म यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरूमार्फत झण्डै चार हजार आठ सय ७० जना विपन्न महिलाहरूलाई यस प्रकारका निःशुल्क सीपमूलक तालिमहरू प्रदान गरिसकेको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरू सम्पूर्ण शाखा कार्यालयहरूबाट सञ्चालन गरी सदस्यहरूको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे । साथै यस कार्यक्रमपश्चात् सदस्यहरूको लघुव्यवसायमा वृद्धि भई उक्त क्षेत्रका विपन्न महिलाहरूको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रूपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘विपन्न समुदायका निम्ति आशा‘ भन्ने मूल नाराका साथ ककनी– ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार सुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरूका ५५ शाखा कार्यालयहरूमार्फत करिब ७६ हजारभन्दा बढी सदस्यहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
संस्थाको हालसम्म करिब पाँच अर्ब १६ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरूबाट एक अर्ब ८८ करोडभन्दा बढी निक्षेप सङ्कलन गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया