Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको नयाँ शाखा सुन्धारामा

सिद्धार्थ बैंकको नयाँ शाखा सुन्धारामा


काठमाडौं, चैत २
सिद्धार्थ बैंकले २०७६ फाल्गुन २९ गते बिहीबार ललितपुरको सुन्धारामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तारपश्चात् सिद्धार्थको कुल शाखा सञ्जाल संख्या एक सय ८४ (तीन वटा एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले हाल एक सय एक वटा शाखारहित बैंकिङ सेवा, दुई सय पाँच वटा एटीएम र १६ सयभन्दा बढी पस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, भिजा एटीएम कार्ड सेवामार्फत उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया