केटीएम एडभेन्चर डे विथ २५० एडभेन्चर
काठमाडौं । मोटरसाइकल निर्माता केटीएमले केटीएम एडभेन्चर डे विथ २५० एडभेन्चर पूरा भएको घोषणा गरेको छ । माघ २८ गते दक्षिणकालीको हात्तीवन रिसोर्टमा आयोजना भएको महोत्सवमा तीन सयभन्दा बढीको सहभागिता थियो । सहभागीहरूले केटीएम एडभेन्चर २५० को शक्ति र प्रदर्शन अनुभव गर्ने मौका पाएका थिए ।
‘यस कार्यक्रमको ट्रयाक यसरी बनाइएको थियो कि सहभागीहरूले २५० एडभेन्चर बाइकको अफरोड क्षमता, शक्ति र ह्यान्डलिङको अनुभव लिन सकून् । चुनौतीपूर्ण ट्रयाकले बाइकको सीमालाई धकेल्यो र बाइकरहरूको सीप पनि परीक्षण ग¥यो’, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कडा प्रतिस्पर्धाका बाबजुद ७६ राइडरले ट्रयाक पूरा गरेका थिए । साथै ९ राइडरलाई प्रतियोगिताको विजेता घोषणा गरिएको थियो । कार्यक्रमले सहभागीहरूलाई केटीएम २५० एडभेन्चर पूर्ण रूपमा अनुभव गर्न प्लेटफर्म प्रदान गरेको कम्पनीको भनाइ छ । कम्पनीले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ ।
केटीएम नेपालका एजीएम विजय मोक्तानले भने, ‘हामी कार्यक्रमको सफलताबाट अत्यन्तै खुसी छौँ । हाम्रा ग्राहकहरूका लागि केटीएम २५० एडभेन्चरको परीक्षण गर्न पाउनु र यसको असाधारण प्रदर्शन र क्षमताहरू हेर्न पाउनु रोमाञ्चक अनुभव थियो । हामी सहयोगका लागि आभारी छौँ । हाम्रा ग्राहकहरू र भविष्यमा थप यस्तै अनुभवहरू प्रदान गर्न तत्पर छौँ ।’
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर
- वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर
- बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते
- शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
- प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
- उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
- गभर्नर र सीबीफिनबीच छलफल
- खल्ती र पीसीएसबीच समझदारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया