Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा डिम्याट खाता निःशुल्क

मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा डिम्याट खाता निःशुल्क


काठमाडौं, चैत ३
मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरूको विभिन्न वित्तिय आवाश्यकता पूरा गर्दै बैंकसँगको कारोबारलाई थप दीर्घकालीन तथा मजबुत गराउन साथै बचत खाताहरूमा नवीनत्तम सुविधाहरू प्रदान गर्दै जाने योजनाअनुरूप कुनै पनि नयाँ बचत खाता खोलेको अवस्थामा बैंकको सहायक कम्पनीको रूपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने व्यवस्था गरेको छ ।

देशभर सञ्चालनमा रहेका कुनै पनि शाखा कार्यालयमा ग्राहक स्वयम् उपस्थित भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टाभित्र हितग्राही खाता उपलब्ध गराइने व्यहोरासमेत बैंकले जनाएको छ । भौतिक सेयर प्रमाणपत्रलाई अभौतीकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सहकार्य गरी अभौतीकरण गर्नसमेत सकिनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

बैंकले हाल ४२ जिल्लामा एक सय ३४ वटा शाखाहरूमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दे आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङ, आस्वा सेवालगायतका सेवाहरू पनि प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया