महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न शाखाहरूमार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोगका कार्यक्रमहरू सम्पन्न गरेको जानकारी दिएको छ । सोअनुसार बैंकको बसुन्धरा शाखाद्वारा तारकेश्वर नगरपालिका वडा नं ९ मा अवस्थित मनमैजु महिला विद्यालयलाई टेबुल तथा कुर्सी हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा एकदेखि छसम्मका विद्यार्थीहरूलाई अध्यापन गराईरहेको विद्यालयले कक्षा थप गर्न लागेको र विद्यार्थीहरूको संख्या पनि बढ्दै गएकाले विद्यालयको भौतिक व्यवस्थापनमा सहयोग पु-याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो ।
त्यसैगरी बैंकको विजयपुर शाखाद्वारा पोखरा उपमहानगरपालिका वडा नं २६ मा अवस्थित कडेनी प्रगति टोल विकास संस्थालाई डस्टबिन तथा कुर्सी हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । बैंकले टोल वरपरको फोहोर संकलन तथा व्यवस्थापनको लागि डस्टबिन र संस्थाको कार्यालय प्रयोजनार्थका लागि कुर्सी प्रदान गरेको हो । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने कुरा बैंैकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #6
ताजा अपडेट
- ‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर
- वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर
- बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते
- शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
- प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
- उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
- गभर्नर र सीबीफिनबीच छलफल
- खल्ती र पीसीएसबीच समझदारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया