Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखालाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखालाई सहयोग


काठमाडौं, चैत ३
महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखालाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पी ४ एलईडी सूचना बोर्ड जडान गरी सहयोग गरेको हो । बैंकका अनुुसार उक्त उपकरण एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापालाई हस्तान्तरण गरेका हुुन् ।

महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरूलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी आपराधिक क्रियाकलाप न्यूनीकरणमा मदत गर्ने उद्देश्यसहित बैंकले उक्त उपकरण जडान गर्न सहयोग गरेको जानकारी दिएको छ । बैंकले हाल देशका सबै क्षेत्रमा एक सय दुुईवटा शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनहरूमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया