महिला लघुवित्तको खुद मुनाफा चार करोड ५५ लाख
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड ५५ लाख ७१ हजार पाँच सय दुई रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा आठ करोड ४५ लाख ४२ हजार एक सय ३९ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब ३८ करोड २२ लाख नौ हजार दुई सय ३१ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४९ करोड ९४ लाख २७ हजार छ सय २६ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड ३७ लाख ६८ हजार सात सय १२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने दुई करोड ६९ लाख ३८ हजार पाँच सय पाँच रुपैयाँ रहेको संस्थाको स्प्रेड दर भने चार दशमलव ३७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ३४ करोड १९ हजार पाँच सय ६९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३९ करोड ५२ लाख ३९ हजार चार सय ७९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ८८ लाख ३२ हजार ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्र्रेड दर तीन दशमलव ११ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
- मन्त्रिपरिषदले पूर्णता पाउँछ : नारायणकाजी श्रेष्ठ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया