बैंक तथा वित्तीय संस्थामा देखिएका समस्या समाधानको माग
काठमाडौं, अहिले बैंक तथा वित्तीय संस्थामा देखिएका समस्या समाधानका लागि पहल गर्न राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाभियानले सरकारसँग आग्रह गरेको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाका ऋणी कर्जा तिर्न सक्ने अवस्थामा नरहेकाले नियामक र सरकारबाट यसको उचित व्यवस्थापनका लागि महाभियानले माग गरेको हो । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज असुल गर्ने गरेका कारण ऋणीहरु समस्यामा परेकाले ब्याजदर घटाइनुपर्ने माग छ ।
“रु २० लाखभन्दा बढी ऋण चारदेखि पाँच प्रतिशत ब्याजदरमा दिनुपर्ने, निक्षेपको ब्याज छ प्रतिशतभन्दा बढी हुन नहुने, सरकारी सङ्घसंस्थाको पुँजी शून्य प्रतिशत ब्याजदरमा बैंकमा राख्नुपर्ने र धितो लिलाम गरिएका ऋणीको कर्जा पुनःसंरचना गरिनुपर्छ”, महाभियानका संयोजक दुर्गा प्रसाईले भने । नेपालमै रोजगारको प्रत्याभूति गर्नुपर्ने माग पनि महाभियानले राखेको छ ।
“उच्च शिक्षा हासिल गर्न विदेश जाने बाटो बन्द गरी नेपालमै थप विश्वविद्यालय खोली उच्च शिक्षा हासिल गर्न पाउने वातावरण मिलाउनुपर्ने, बेरोजगार युवालाई बिना धितो ऋण उपलब्ध गराउनुपर्छ”, प्रसाईले भने ।
कार्यक्रममा नेपाल व्यापार सङ्घका अध्यक्ष हरि गौतमले भने, “वर्तमान समयमा व्यापार व्यवसायी चर्को ब्याजदरको मारमा छन् । ब्याजदर घटाउनु पर्छ । मुलुकमा व्यापार व्यवसायतर्फ आकर्षित युवालाई हतोत्साहित बनाउनु गलत हो ।”
राससका अनुसार महाभियान कुनै पार्टी र व्यक्ति विरोधी नभई नागरिकका वर्तमान समस्यालाई कदर गरी मुलुकभित्र शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर उपलब्ध गराई स्वदेशमै केही गराँै भन्ने उद्देश्यले १५बँुुदे मागसहित महाअभियान सञ्चालन गर्ने आयोजकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
- मन्त्रिपरिषदले पूर्णता पाउँछ : नारायणकाजी श्रेष्ठ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया