लुम्बिनी जनरल इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बिहीबार काठमाडौंमा आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभा औपचारिकरूपमा सुरु हुनुभन्दा अगाडि कम्पनीका संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको गत माघ २२ गते निधन भएकोमा दुःख प्रकट गर्दै उनको आत्माको चिरशान्तिको कामना गरी एक मिनेट मौनधारण गरिएको कम्पनीले जानकारी दिएको छ । सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले कम्पनीको व्यवसाय लगायतका अन्य कामकारबाहीहरू, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. गाभ्ने गाभिने सम्बन्धमा भएका सहमति, सम्झौताहरू, कम्पनी गाभिएपछिको अवस्था आदिका बारेमा सेयरधनीहरूलाई विस्तृतरूपमा जानकारी गराए । सभामा विभिन्न सेयरधनीहरूले आफ्नो मन्तव्य राख्दै सगरमाथा इन्स्योरेन्स कम्पनीसँग हुनलागेको मर्जरप्रति खुसी प्रकट गर्दै सफलताको कामना गरे ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, आव २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरेबमोजिम सेयरधनीहरूलाई कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । विशेष प्रस्तावअन्तर्गत कम्पनीको हालको चुक्ता पुँजीको छ दशमलव ९९ प्रतिशतले खुद हुन आउने बोनस सेयर वितरण गर्ने र सोबमोजिम कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. गाभिने, गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. कायम रहने, सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र यस कम्पनीको सेयर आदानप्रदान अनुपात १००ः८० हुनेगरी स्वाप रेसियो कायम गर्ने, विस्तृत लेखापरीक्षणबापतको पारिश्रमिक अनुमोदन गर्ने, दुवै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जरलगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बाँकी सम्पूर्ण कामहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । सभाको औपचारिक कार्यक्रम सम्पन्न भएपछि कम्पनीले १० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरूलाई ताम्रपत्रसहित दोसल्ला ओढाई सम्मान गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया