Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार४४ अंकले ओरालो लाग्यो सेयर बजार

४४ अंकले ओरालो लाग्यो सेयर बजार


काठमाडौं, चैत ५
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन बजार परिसूचक ४४ दशमलव ३३ अंकले ओरालो लागेर १२ सय ७२ दशमलव छ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५३ अंकले ओरालो लागेर दुुई सय ७४ दशमलव ५९ अंकमा झरेको छ । यसदिन कुल एक सय ७५ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार १८ हजार दुई सय ५७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ४६ करोड ५१ लाख ८४ हजार छ सय ५६ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव शून्य चार अंकले बढेर नौ दशमलव ७१ अंकमा चढेका छन् भने बाँकी समूहको सूचक ओरालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ३३ दशमलव १६ अंकले ओरालो लागेर ११ सय २२ दशमलव ५५ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक ५२ दशमलव ६८ अंकले ओरालो लागेर १७ सय ३२ दशमलव ३६ अंकमा झरेको छ ।

यसैगरी जलविद्युत् समूहको सूचक पनि १२ दशमलव ८८ अंकले ओरालो लागेर नौ सय ३६ दशमलव २३ अंकमा झरेकोमा लघुुवित्त समूहको सूचक पनि ९३ दशमलव ६६ अंकले ओरालो लागेर दुई हजार ६५ दसमालव ८७ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि तीन सय ३८ दशमलव ३४ अंकले ओरालो लागेर पाँच हजार तीन सय पाँच दशमलव ९१ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि चार सय २६ दशमलव ४८ अंकले ओरालो लागेर छ हजार आठ सय ९७ दशमलव ७४ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादमूलक र अन्य समूहको सूचक पनि क्रमशः ४९ दशमलव ४८, ५३ दशमलव ६९, २१ दशमलव ९८, एक सय १५ दशमलव आठ र १४ दशमलव ७९ अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानाम परेको जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सात रूपैयाँ ६९ पैसाले बढेर ५६ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको घलेम्दी हाइड्रो पावर कम्पनीको सेयर मूल्य तीन रूपैयाँ २८ पैसाले बढेर ६३ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक विशाल बजार कम्पनी, बोर्टलस नेपाल तराई लिमिटेड आदि परेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० रूपैयाँले घटेर चार सय ५९ रूपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको नेपाल सेवा लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रूपैयाँ ९८ पैसाले घटेर छ सय चार रूपैयाँमा किनबेच भएको छ । यीबाहेक युनाइटेड इन्स्योरेन्स कम्पनी, आरएमडीसी लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन एनआईसी एसिया बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता पाँच सय आठ रूपैयाँ अन्तिम मूल्यमा १० करोड सात लाख एक हजार नौ सय ६२ रूपैयाँको सेयर किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको एनएमबी बैंकको प्रतिकित्ता तीन सय ८८ रूपैयाँ अन्तिम मूल्यमा नौ करोड १६ लाख ६४ हजार तीन सय नौ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक लिमिटेड आदिको सेयर कारोबार रकम पनि बढेका छन् । नेप्सेका अनुसार यसदिन गणपती लघुवित्त वित्तीय संस्थाको ७२ हजार चार सय ५० कित्ता र आईसीएफसी फाइनान्सको चार लाख ४३ हजार दुुई सय ९६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया