बैंकहरूको संख्या घट्यो, खर्च घटेन
कर्मचारी र कार्यालय व्यवस्थापनमा छ महिनामै सकियो ५४ अर्ब
काठमाडौं,नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदा बैंक तथा फाइनान्स कम्पनीहरु वित्तीयरुपमा सबल हुने, बैंकिङ क्षेत्रको कार्यगत क्षमता बढ्न, राष्ट्र बैंकलाई नियमन तथा अनुगमनको लागि पनि सहज हुने र बैंकिङ क्षेत्रको खर्च पनि घट्ने अपेक्षा गरेको थियो ।
सोही अपेक्षाअनुसार राष्ट्र बैंकले मर्जर तथा प्राप्तिसम्बन्धी व्यवस्थालाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याएको थियो । मर्जर तथा प्राप्तिकै कारण अहिले बैंक तथा फाइनान्स कम्पनीहरुको संख्या घट्दा यसले वित्तीय क्षेत्रलाई थप सबल, व्यवस्थित र मर्यादित बनाएको छ । तर यसले अपेक्षा गरेअनुसार बैंकिङ क्षेत्रको खर्च भने घट्न नसकेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्ससहितका ५६ वटा संस्थाहरुले कर्मचारीको पारिश्रमिक र कार्यालय व्यवस्थापनमा मात्र कुल ४५ अर्ब सात करोड ६० लाख रुपैयाँ खर्च गरेको देखिएको छ ।
बैंकिङ क्षेत्रले गरेको यो खर्च गत आवको सोही अवधिको तुलनामा एक अर्ब २१ करोड १० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा भने २७ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्ससहितका ६१ वटा संस्थाहरुले कर्मचारीको पारिश्रमिक र कार्यालय व्यवस्थापन शीर्षकमा मात्र कुल ४३ अर्ब ८६ करोड ५० लाख रुपैयाँ खर्च गरेको देखिएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आवको पुस मसान्तसम्ममा कर्मचारी शीर्षकमा २७ अर्ब ८० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा १८ अर्ब छ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् । गत आवको सोही अवधिमा भने यी दुई शीर्षकमा बैंक तथा फाइनान्स कम्पनीहरुले गरेको खर्च रकम क्रमशः २६ अर्ब ३२ करोड ७० लाख र १७ अर्ब ५३ करोड ८० लाख रुपैयाँ थियो ।
चालू आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले मात्र कुल ३८ अर्ब ९६ करोड २० लाख रुपैयाँ खर्च गरेका छन् । जसमध्ये कर्मचारी शीर्षकमा २३ अर्ब ५३ करोड ६० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा १५ अर्ब ४२ करोड ६० लाख रुपैयाँ खर्च भएको देखिएको छ । बैंकहरुले गरेको यो खर्च गत आवको सोही अवधिको तुलनामा ४७ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले कर्मचारी शीर्षकमा २३ अर्ब ३० करोड ९० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा १५ अर्ब १८ करोड ३० लाख रुपैयाँ समेत गरी कुल ३८ अर्ब ४९ करोड २० लाख रुपैयाँ खर्च गरेका छन् । विकास बैंकहरुमा भने पछिल्लो अवधिमा खर्च बढेको छ ।
चालू आवको पुस मसान्तसम्ममा विकास बैंकहरुले कर्मचारी र कार्यालय व्यवस्थापन शीर्षकमा क्रमशः दुई अर्ब ७९ करोड ४० लाख र दुई अर्ब पाँच करोड ९० लाख रुपैयाँसहित कुल चार अर्ब ८५ करोड ३० लाख रुपैयाँ खर्च गरेका छन् । गत आवको सोही अवधिमा विकास बैंकहरुले कर्मचारी शीर्षकमा दुई अर्ब ४० करोड ९० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा एक अर्ब ८४ करोड ५० लाख रुपैयाँसहित कुल चार अर्ब २५ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् ।
फाइनान्स कम्पनीहरुकोे खर्च पनि पछिल्लो समय बढेर एक अर्ब २२ करोड ५० लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पुस मसान्तसम्ममा फाइनान्स कम्पनीहरुले कर्मचारी शीर्षकमा ६७ करोड ८० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा ५४ करोड ७० लाख रुपैयाँ खर्च गरेका हुन् । गत आवको सोही अवधिमा भने फाइनान्स कम्पनीहरुले कर्मचारी शीर्षकमा ६० करोड ९० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा ५१ करोड रुपैयाँसहित कुल एक अर्ब ११ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
- मन्त्रिपरिषदले पूर्णता पाउँछ : नारायणकाजी श्रेष्ठ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया