सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ । विसं २०५१/०१/२९ गते बाट सञ्चालनमा आएको प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि. र विसं २०६३/०१/०१ बाट सञ्चालनमा आएको सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले विधिवत्रूपमा मर्जर भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले एक समारोहका बीच एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । मर्जरपछि बनेको नयाँ कम्पनीका अध्यक्षमा सुरेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्र बहादुर वैदवार क्षेत्री नियुक्त भएका छन् । दुवै बीमा कम्पनी १ः१ समान सेयर अनुपातमा एक आपसमा मर्जर भएपश्चात् बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी दुई अर्ब ८० करोडभन्दा बढी हुने छ भने बीमा कोषमा दुई अर्ब ३४ करोडभन्दा बढी छ । यसैगरी कम्पनीको कुल सम्पति १० अर्ब २५ करोड छ भने बजार पुँजीकरण १८ अर्ब २३ करोड पुगेको छ । कम्पनीद्वारा जारी गरिएको बीमालेख संख्या चार लाख १७ हजार एक सय ८२ रहेको छ । कम्पनीले एक सय २५ वटा शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया