इन्फिनिटी लघुवित्त वित्तीय साक्षरता कार्यक्रम कोहलपुरमा
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय कोहलपुर शाखामा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम एक समारोहबीच भव्यताको साथ सञ्चालन गरेको छ । कार्यक्रम ज्ञानोदय पुस्तकालय कोहलपुरको सभाहलमा ८२ जना समूह अध्यक्षहरूको समुपस्थितिमा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि असुली तथा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख नयन देवकोटाले वित्तीय साक्षरता तथा आधुनिक डिजिटल प्रविधि तथा मोबाइल बैंकिङसँग सम्बन्धित विषयमा प्रशिक्षित गरेका थिए । शाखामा भएका कुल एक सय ९३ वटा समूहमध्येबाट तीनवटा समूह पुरस्कृत भएको र उत्कृष्ट व्यवसायी सदस्यलाई समेत सम्मान गरिएको कार्यक्रमका प्रमुख अतिथि नयन देवकोटाले बताए ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत तथा वित्तीय संस्थाको वर्तमान अवस्थाको बारेमा शाखाका शाखा प्रमुख सञ्जिता कुमारी चौधरीले स्पष्ट पारेका थिए । कार्यक्रममा वित्तीय संस्थाले हाल बजारमा देखिएका विविध समस्या समाधानको लागि सामूहिक सहयोग सामूहिक प्रयासको लागि समिति गीता कुमारी शाहीको अध्यतामा समेत गठन गरेको कार्यक्रम सञ्चालक अनुगमन अधिकृत आत्माराम पौडेलले बताए । साथै, कार्यक्रम नन्द कुमारी विष्टको सभावतित्वमा सञ्चालन भएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया