समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम
काठमाडौं । समृद्धि फाइनान्सले बिहीबार शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात् गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम जनकपुर र इटहरी शाखाको प्राङ्गणमा सम्पन्न गरिएको थियो । बिहीबारबाट सुरु गरिएको रक्तदान कार्यक्रम विभिन्न मितिहरूमा बाँकी शाखाबाट पनि आयोजना गर्ने तालिका रहेको संस्थाका सञ्चालन विभाग प्रमुख चुडामणि खनालले जानकारी दिएका छन् ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठवटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया