होली इभेन्टको टिकट खरिद गर्ने एकै प्लेटफर्म आईएमई–पे
काठमाडौं । आईएमई–पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरूसँग आबद्ध भई सो इभेन्टहरूको टिकट प्रदायकको रूपमा रहने जानकारी सार्वजनिक गरेको छ ।
ग्राहकवर्गहरूलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यका साथ आईएमई–पेले होली इभेन्ट टिकटिङ सुविधा प्रदान गरेको हो । आईएमई–पेमा ग्राहकवर्गहरूले तीन फरक–फरक होली इभेन्टको टिकट प्राप्त गर्न सकिन्छ । सो इभेन्टहरू यसप्रकार छन् :
कलरेल्ला, अन्नपूर्ण होटल
कलर स्प्ल्यास, द मल्ल होटल
होली फिएस्ता २०२३, सिद्धार्थ बुटिक होटल
यी इभेन्टहरू क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट र अर्बन इन्टरटेनमेन्ट आयोजना गरेका हुन् । ग्राहकवर्गले आईएमई–पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मूल्यभन्दा थोरै मूल्यमा पाउन सक्नुहुन्छ । टिकट खरिद गर्न, आईएमई–पे एपको ‘इभेन्ट’ सेवाभित्र उपलब्ध छ ।
आईएमई–पेको बारेमा :-
‘आईएमई–पे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ बमोजिम आईएमई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आईएमई–पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आईएमई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
आईएमई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई–पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्छन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर मार्फतभुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने, विभिन्न घरायसी तथा कार्यालयका बीलहरू भुक्तानी, विद्युत् तथा खानेपानीको महशुल भुक्तानी, लोकसेवा परिक्षार्थीहरूले बुझाउन पर्ने आवेदन दस्तुर, राहदानी दस्तुर भुक्तानी, आन्तरिक राजस्व विभाग तथा कार्यालयहरूको कर तथा राजस्व भुक्तानी, स्थानीय सरकारअन्तर्गतका नगर तथा वडा कार्यालयहरूलाई बुझाउन पर्ने राजस्व, कर तथा दस्तुर भुक्तानी, ट्राफिक जरिवानालगायत स्कुल तथा कलेजको शैक्षिक शुल्क, इन्टरनेट सेवा, हवाई यातायात, केबलकार, बीमा, ईएमआई, पुँजीबजार आदि विभिन्न क्षेत्रहरूमा अनलाइन भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण नेपाली जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु-याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका बील भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आईएमई–पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया