Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार १२ सय ५५ अंकमा

सेयर बजार १२ सय ५५ अंकमा


काठमाडौं, चैत ६
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको चौथो कारोबार दिन बुधवार बजार परिसूचक १६ दशमलव २६ अंकले ओरालो लागेर १२ सय ५५ दशमलव ८० अंकमा झरेको छ । ‘क’वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव आठ अंकले ओरालो लागेर दुुई सय ७१ दशमलव७९ अंकमा झरेको छ । यसदिन कुुल एक सय ७२ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार १५ हजार सात सय ८० वटा कारोबारमा ३४ लाख ८३ हजार दुुई सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब १८ करोड ४४ लाख १६ हजार आठ सय ७८ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार ट्रेडिङ समूहको सूचक २४ दशमलव ३८ अंकले उकालो लागेर सात सय ७५ दशमलव ६४ अंकमा पुगेको छ भने बाँकी समूहको सूचक भने ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १५ दशमलव ८२ अंकले ओरालो लागेर ११ सय छ दशमलव७४ अंकमा पुुग्दा विकास बैंक समूहको सूचक ११ दशमलव७१ अंकले ओरालो लागेर १७ सय २० दशमलव ६५ अंकमा झरेको छ । जलविद्युुत्समूहको सूचक पनि सात दशमलव ४६ अंकले ओरालो लागेर नौ सय २८ दशमलव७७ अंकमा झरेको छ भने लघुुवित्त समूहको सूचक पनि १८ दशमलव २३ अंकले ओरालो लागेर दुुई हजार ४७दशमलव ६५ अंकमा झरेको छ ।

निर्जीवन बीमा समूहको सूचक पनि एक सय १२ दशमलव७४ अंकले ओरालो लागेर पाँच हजार एक सय ९३ दशमलव १७ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ३७दशमलव छ अंकले ओरालो लागेर छ हजार सात सय ६० दशमलव ६८ अंकमा झरेको छ । यीबाहेक होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १९ दशमलव १६, तीन दशमलव ८४, २५ दशमलव १९, चार दशमलव ५४ र शून्यदशमलवशून्य तीन अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको सामुुदायिक लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रूपैयाँ ९६ पैसाले बढेर १५ सय ६७ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको माउन्टेन हाइड्रोपावर कम्पनीको सेयर मूल्य सात रूपैयाँ ७९ पैसाले बढेर ८३ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर आदिको सेयर मूल्य पनि बढेका छन् । गुुमाउने कम्पनीहरूको सूचीचमा पहिलो स्थानमा परेको कालिका पावर लिमिटेडको सेयर मूल्य नौ रूपैयाँ २५ पैसाले घटेर ९८ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य छ रूपैयाँले घटेर सात सय ५१ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक एनएलजी इन्स्योरेन्स कम्पनी, मल्टीपर्पोस फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएका छन् । उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३२ रूपैयाँ अन्तिम मूल्यमा नौ करोड ३१ लाख ७९ हजार छ सय ९७रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया बैंकको प्रतिकित्ता पाँच सय दुुई रूपैयाँ अन्तिम मूल्यमा आठ करोड ३३ लाख ४५ हजार ६२ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनएमबी बैंक, ग्लोबल आईएमई बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया