Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथद्वारा सहुलियतसहितको सम्झौता

मुक्तिनाथद्वारा सहुलियतसहितको सम्झौता


काठमाडौं, चैत ६
मुक्तिनाथ विकास बैंक लिमिटेडले प्रदेश–५ अन्तर्गत दाङ, बर्दिया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित विशेष सुहलियत सहितको सम्झौताहरूमा हस्ताक्षर गरेको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेबिट कार्ड भएका सबै ग्राहकहरूलाई विशेष छुट प्राप्त हुनेछ । बैकका अनुुसार कृष्णसार रिर्सोट प्रालि, ग्रिनपिस माध्यमिक विद्यालयसहितका पाँचवटा संस्थामा १० देखि २५ प्रतिशतसम्म छुुट हुुने छ ।

बैंकले हाल ४२ जिल्लामा एक सय ३४ वटा शाखाहरूमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरू प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङ, आस्वा सेवा, निःशुल्क डिम्याट खातालगायतका सेवाहरू पनि प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया