Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे  बैंक र सेल्सबेरीबीच सम्झौता

माछापुच्छ्रे  बैंक र सेल्सबेरीबीच सम्झौता


काठमाडौं । माछापुच्छ्रे बैंक र सेल्सवेज क्यास एन्ड क्यारी लिमिटेड (सेल्सबेरी एन्ड सेल्सवेज) बीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सेल्सवेरीको तर्फबाट तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् सेल्सवेज क्यास एन्ड क्यारी लिमिटेडका आउटलेटहरूबाट सामान खरिद गर्दा बैंकका ग्राहकहरूले विभन्न डिजिटल माध्यमबाट जस्तैः क्यूआर वा पीओएसमार्फत डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

यसैबीच बैंकले हरेक हप्ताको सोमबारका लागि मन्डे म्याडनेस योजना सञ्चालन गरिरहेको छ । जसअन्तर्गत हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पीओएस वा ईकमबाट पेमेन्ट गर्दा २३ प्रतिशत वा एक सय २३ रुपैयाँ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा दुई सय २३ रुपैयाँसम्म छुट पाइनेछ । यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म कार्डबाट गरिएका कारोबारमा मात्र लागू हुनेछ ।

माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आइरहेको छ । साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पु-याउने उद्देश्यका साथ ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू सञ्चालन गरिरहेको छ ।

बैंकले हाल देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, ११ एक्सटेन्सन काउन्टर, एक सय ३३ शाखारहित बैंकिङ सेवा, दुई सय छवटा एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6


तपाईको प्रतिक्रिया