आईएमई–पे र वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाबीच सम्झौता
काठमाडौं । आईएमई–पे र वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाबीच सम्झौता भएको छ । सम्झौताअनुसार ईपीएस कोरिया शाखामार्फत नेपाली श्रमिकहरूलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवर्द्धन आईएमई–पेले गर्नेछ ।
नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखाद्वारा श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली श्रमिकहरूलाई कोरिया पठाउँदै आएको छ र सोही प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरू आईएमई–पेबाट भुक्तानी गर्न सक्नेछ ।
आईएमई–पेको बारेमा : ‘आईएमई–पे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ बमोजिम आईएमई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आईएमई–पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आईएमई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
आईएमई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई–पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्छन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने, विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी, विद्युत् तथा खानेपानीको महसुल भुक्तानी, लोकसेवा परीक्षार्थीहरूले बुझाउन पर्ने आवेदन दस्तुर, राहदानी दस्तुर भुक्तानी, आन्तरिक राजस्व विभाग तथा कार्यालयहरूको कर तथा राजस्व भुक्तानी, स्थानीय सरकारअन्तर्गतका नगर तथा वडा कार्यालयहरूलाई बुझाउन पर्ने राजस्व, कर तथा दस्तुर भुक्तानी, ट्राफिक जरिवानालगायत स्कुल तथा कलेजको शैक्षिक शुल्क, इन्टरनेट सेवा, हवाई यातायात, केबलकार, बीमा, ईएमआई, पुँजीबजार आदि विभिन्न क्षेत्रहरूमा अनलाइन भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण नेपाली जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।
मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आईएमई–पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।
रेमिटलीबाट पठाएको पैसा अब सिधै आईएमई–पे वालेटमा
रेमिट्यान्स सेवाका लागि विश्वव्यापीरूपमा मोबाइल फोनलगायत डिजिटल च्यानलहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आईएमई–पे वालेटमा सिधै दाबी गरी पाउन सक्नेछन् ।
यो सुविधाले ग्राहकहरूलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम विनाझन्झट प्राप्त गर्न मिल्ने उद्देश्यका साथ विस्तार गरिएको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया