Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारउकालो लाग्यो सेयर बजार

उकालो लाग्यो सेयर बजार


काठमाडौं, चैत ७
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन बजार परिसूचक १३ दशमलव पाँच अंकले उकालो लागेर १२ सय ६९ दशमलव ३० अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव तीन अंकले उकालो लागेर दुुई सय ७३ दशमलव ८२ अंकमा चढेको छ । यसदिन कुुल एक सय ७३ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार १८ हजार सात सय ९२ वटा कारोबारमा ५१ लाख छ हजार छ सय ८१ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ९० करोड ३१ लाख ४२ हजार आठ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार सातवटा समूहको सूचक उकालो लागेका छन् भने पाँचवटा समूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १३ दशमलव ६५ अंकले उकालो लागेर ११ सय २० दशमलव ३९ अंकमा चढेकोमा जलविद्युुत् समूहको सूचक पनि नौ दशमलव १६ अंकले उकालो लागेर नौ सय ३७ दशमलव ९२ अंकमा चढेको छ । निर्जीवन बीमा समूहको सूचक पनि ७७ दशमलव ३२ अंकले उकालो लागेर पाँच हजार दुुई सय ७० दशमलव ४९ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ४० दशमलव पाँच अंकले उकालो लागेर छ हजार नौ सय एक दशमलव १८ अंकमा चढेको छ ।

यीबाहेक अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः पाँच दशमलव ६५, २० दशमलव ५९ र शून्य दसलव शून्य एक अंकले उकालो लागेका छन् । विकास बैंक समूहको सूचक भने तीन दशमलव २७ अंकले ओरालो लागेर १७ सय १७ दशमलव ३८ अंकमा झरेकोमा फाइनान्स समूहको सूचक पनि छ दशमलव ५४ अंकले ओरालो लागेर छ सय ३६ दशमलव ३० अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल र उत्पादनमूलक समूहको सूचक पनि क्रमशः एक दशमलव ३६, चार दशमलव ८१ र दुुई दशमलव दुुई अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको जनउत्थान सामुुदायिक लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रूपैयाँ ९६ पैसाले बढेर १७ सय २३ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको राधी जलविद्युुत् कम्पनीको सेयर मूल्य नौ रूपैयाँ ५५ पैसाले बढेर एक सय ७२ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक एनसीसी बैंक, कर्णाली विकास बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको सेन्ट्रल फाइनान्सको सेयर मूल्य नौ रूपैयाँ ५२ पैसाले घटेर एक सय १४ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य आठ रूपैयाँ छ पैसाले घटेर एक सय १४ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सिन्धु विकास बैक आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन हिमालयन डिष्ट्रिलरी प्रालिको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १३ सय चार रूपैयाँ अन्तिम मूल्यमा ३१ करोड ३३ लाख पाँच हजार चार सय ८७ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्र्रतिकित्ता एक हजार ५९ रूपैयाँ अन्तिम मूल्यमा ११ करोड ३१ लाख ७७ हजार नौ सय ३८ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, एनएमबी बैक आदिको पनि बढी रकम कारोबार भएका छन् ।

धितोपत्रद्वारा दोस्रो बजार कारोबारमा सावधानी अपनाउन आगह्र : नेपाल धितोपत्र बोर्डले दोस्रो बजार कारोबारमा सावधानी अपनाउन आग्रह गरेको छ । बोर्डले बजार सम्बद्ध विभिन्न पाँच लगानीकर्ता संघले पेश गरेको ज्ञापन पत्र तथा उक्त पाँच लगानीकर्ता संघहरूका प्रतिनिधिहरू, स्टक एक्सचेञ्जका उच्च पदाधिकारीहरू, स्टक ब्रोकर एशोसिएसनका पदाधिकारी र बोर्डका पदाधिकारीहरूबीच कोरोना भाइरसका कारणबाट फैलिएको त्रास र यसवाट विभिन्न आर्थिक गतिविधिहरूमा परेको प्रभाव तथा असर सम्बन्धमा छलफल गर्दै उक्त आग्रह गरेको हो ।

छलफलपश्चात् नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्लो निर्णय र बजार सम्बद्ध पक्षहरूको हालको परिस्थिति प्रतिको चासो तथा गाम्भीर्यतासमेतलाई दृष्ट्रिगत गरी हाललाई धितोपत्रको दोस्रो बजार कारोबारमा संलग्न पक्षहरूलाई बोर्डले पाँच बुुँदे निर्देशन दिएको छ । उक्त निर्देशन अनुसार धितोपत्र दलाल व्यवसायीहरूले स्क्रिन एक्सिविसन रुम बन्द गर्न कार्यालयमा कर्मचारीबाहेक एक पटकमा पाँच जना भन्दा बढीको संख्यामा ग्राहकको भीडभाड नहुने व्यवस्था गर्नुपर्ने छ ।

यसैगरी कार्यालयमा कर्मचारीहरू तथा लगानीकर्ताहरू प्रवेश गर्दा हात सफा गर्ने, स्यानिटाइजर तथा मास्कको प्रयोग र तापक्रम मापन कार्य गर्ने व्यवस्था गर्न, कोरोना भाइरस तथा यसबाट बच्ने उपायहरूसम्बन्धी सूचनामूलक जानकारी प्रवेशद्वारमा राख्ने व्यवस्था गर्नसमेत निर्देशन दिएको छ ।

यसैबीच सेयर लगानीकर्ताहरूले भने केही समयको लागि सेयर कारोबार बन्द गर्न माग गरेका छन् । लगानीकर्ताहरूका तर्फबाट नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल, सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल र नेपाल पुँजी बजार संघका अध्यक्ष सरक्षणमा चौधरीलगायतका लगानीकर्ताहरूले तत्कालको लागि सेयर कारोबार बन्द गर्न आग्रह गरेका हुुन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया