Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेरो माइक्रोफाइनान्सद्वारा कर्मचारीलाई तालिम

मेरो माइक्रोफाइनान्सद्वारा कर्मचारीलाई तालिम


काठमाडौं, चैत ७
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३३ जना नवनियुक्त कर्मचारीहरूलाई लघुवित्तसम्बन्धी आधारभूत तथा व्यवस्थापन तालिम दिएको छ । कर्मचारीहरूलाई कार्यगत तथा जिम्मेवारी दिई कार्यक्षेत्रमा पठाउनु अघि सहजीकरण गराउने तथा नीति नियमका साथै कार्यप्रक्रियाका बारेमा जानकारी गराउने उद्देश्यले तालिम दिएको संस्थाले जानकारी दिएको छ ।

उक्त तालिम समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्थाको बारेमा जानकारी दिँदै संस्थामा संलग्न भइसकेपछि कर्मचारीहरूले आफ्नो पेशाप्रति इमानदारी, अनुसाशित, व्यावहारिक रही नतिजामुखी कार्य गर्दै कार्यक्षेत्रमा जानुपर्ने बताए । उनले देशका दुर्गम तथा विपन्न वर्गहरूमा वित्तीय साक्षरता पहुँचमा वृद्धि र विस्तारका लागि संस्थाले व्यावसायिक टेवा पु-याएको उल्लेख गरे ।

कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, मानव संसाधन विभागका प्रमुख कृष्णप्रसाद गैह्रे, अनुगमन तथा सुपरिवेक्षण विभाग प्रमुख पुष्कर घिमिरे, योजना तथा कार्यक्रम विभाग प्रमुख उमेशमान डंगोल, रामकुमार सुवेदीलगायत कर्पोरेट कार्यालयका कर्मचारीहरको सहभागिता रहेको थियो । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही गरी ६१ जिल्लामा एक सय २० शाखा कार्यालयमार्फत एक लाख नौ हजार विपन्न घर परिवारहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया