Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिप्रका सिन्धुलीमा

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिप्रका सिन्धुलीमा


काठमाडौं, चैत ७
राष्ट्रिय वाणिज्य बैंकले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकका अनुसार बागमती प्रदेशअन्तर्गतको सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा न. ६ स्थित जिल्ला प्रशासन कार्यालयमा २९औं एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको हो । एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गरेका हुुन् ।

शाखा कार्यालय सिन्धुलीमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतको रकम जम्मा गर्न सकिनेछ । सो अवसरमा शाखा कार्यालय सिन्धुलीका शाखा प्रबन्धक खिलराज भट्टराई, सहायक शाखा प्रबन्धक बिनोद ओझा, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो । बैंकको हाल सातवटै प्रदेशअन्तर्गतका ७७ जिल्लामा दुई सय ३९ वटा शाखा कार्यालय, २९ वटा एक्सटेन्सन काउन्टर, दुुई सय पाँचवटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया