सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार
काठमाडौैं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । दुवै कम्पनीहरूले मर्जरमार्फत सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सालिको)ले सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको हो । यस अवसरमा कम्पनीको प्रधान कार्यालयमा विशेष पूजा तथा कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी, सोमबार नै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुवै कम्पनीहरूको तर्फबाट तीन/तीन जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको छ । साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी लि.का तर्फबाट अजिथ आर गुणवद्र्धने, (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पीएलसी, श्रीलँका) सिद्धार्थ मणि राजभण्डारी, (संस्थापक समूह) गजेन्द्र लाल श्रेष्ठ, (सर्वसाधारण समूह) र त्यस्तै गरी साबिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.का तर्फबाट मनोहर दास मूल, (संस्थापक समूह) अरुण राज श्रेष्ठ, (संस्थापक समूह) कमल भट्टराई, (सर्वसाधारण समूह) गरी छ जनाको सञ्चालक समितिको गठन गरिएको छ । त्यसैगरी बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.का अध्यक्ष मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको र नवनियुक्त अध्यक्ष मूलले सोमबार नै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कर्मले बदलिएको नाम ‘तरकारी काका’
- ‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर
- वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर
- बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते
- शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
- प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
- उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
- गभर्नर र सीबीफिनबीच छलफल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया