एक सय ८३ वटा बैंक तथा फाइनान्सको इजाजत खारेज
काठमाडौं । एक सय ८३ वटा बैंक तथा फाइनान्स कम्पनीहरुको अनुमति खारेज भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त वित्तीय संस्था समेत गरी कुल दुई सय ५५ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएकै कारण उक्त परिमाणमा संस्थाहरु खारेज भएका हुन् ।
यसरी खारेज हुने बैंक तथा वित्तीय संस्थाहरुमा तत्कालीन किष्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, प्रभु फाइनान्स, एनआईसी बैंक, बैंक अफ एसिया नेपाल लिमिटेड, सीएमबी फाइनान्स, सोसियल डेभलपमेन्ट बैंक, कन्ट्री डेभलपमेन्ट बैंक, ग्राण्ड बैंक, भिवोर विकास बैंक आदि छन् ।
वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७९ माघ मसान्तसम्ममा कुल दुई सय ५५ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएको र यसमध्ये एक सय ८३ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ७२ वटा संस्था मात्र कायम हुनपुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । चालू आर्थिक वर्षको पुस मसान्तमै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौं, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक, प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक तथा हिमालयन बैंक र सिभिल बैंकले मर्जर तथा प्राप्तिमार्फत एकीकृत कारोबार सुरु गरेका कारण पनि पछिल्लो समय बैंक तथा फाइनान्स कम्पनीहरुको संख्या घटेको हो ।
सो अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल संख्या एक सय २५ वटा कायम भएको छ । जसमध्ये २२ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ६४ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरुले भने सात सय ५२ स्थानीय तहमा शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो साात महिनाको विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या एउटा मात्र रहेको छ ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने ११ हजार छ सय ११ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या पाँच हजार ४५, विकास बैंकहरुको एक हजार एक सय २८, फाइनान्स कम्पनीहरुको दुई सय ८१ र लघुवित्त वित्तीय संस्थाहरुको पाँच हजार एक सय ५७ वटा शाखाहरु सञ्चालनमा छन् । यसअघि अर्थात् २०७९ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या ११ हजार पाँच सय २८ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया