एनआईसी एसिया बैंकद्वारा एक जना ग्राहकलाई १० लाख रुपैयाँ बीमा रकम प्रदान
काठमाडौं । एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई १० लाख बीमा रकम भुक्तानी गरेको छ ।
बैंकले खातामा उपलब्ध घातक रोग बीमाबापत उनलाई १० लाख बीमा रकम भुक्तानी गरेको हो । श्रेष्ठले बैंकको जावलाखेल शाखामा ‘सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत’ सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी थिइन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकमबराबरको चेक श्रेष्ठलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २०८० जनाभन्दा बढी ग्राहकहरूलाई घातक रोग बीमाबापत तीन करोड, दुर्घटना बीमाबापत एक करोड ३० लाख र मेडिकल बीमाबापत तीन करोड ६७ लाख गरी कुल सात करोड ९८ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया