बैंकिङ क्षेत्रमा उच्च दबाब
५६ संस्थाद्वारा सात महिनामा २२ खर्ब ६० अर्ब रुपैयाँको अन्तर बैंक कारोबार
काठमाडौं,बैंक तथा फाइनान्स कम्पनीहरु पछिल्लो समयमा उच्च दबाबमा परेको देखिएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभावको समस्या खासै नभए पनि बैंक तथा फाइनान्स कम्पनीहरुबीच अल्पकालीन अवधिको लागि एक आपसमा हुने कारोबार रकम अर्थात् अन्तर बैंक कारोबार रकम बढ्नुले पनि बैैंकिङ क्षेत्र पछिल्लो समय उच्च दबाबमा देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा मात्र सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५६ वटा संस्थाहरुले २२ खर्ब ६० अर्ब ५२ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् । बैंकिङ क्षेत्रले गरेको यो अन्तर बैंक कारोबार रकम गत आवको सोही अवधिको तुलनामा एक खर्ब ३० अर्ब रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा भने सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६१ वटा संस्थाहरुले कुल २१ खर्ब ३० अर्ब २१ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका थिए ।
बैंकिङ क्षेत्रमा भएको कुल अन्तर बैंक कारोबार रकममध्ये चालू आवको पछिल्लो सात महिनामा वाणिज्य बैंकहरुले मात्र २० खर्ब ५६ अर्ब ४१ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेको राष्ट्र बैंकको भनाइ छ । यस अवधिमा विकास बैंक तथा फाइनान्स कम्पनीहरुले भने दुई खर्ब चार अर्ब १२ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरुले मात्र १८ खर्ब ९३ अर्ब २८ करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले दुई खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेको राष्ट्र बैंकको भनाइ छ । अन्तर बैंक कारोबार बढेकै कारण यस्तो कारोबारको ब्याजदर पनि पछिल्लो समय बढेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ माघमा चार दशमलव ७८ प्रतिशत रहेकोमा २०७९ माघमा यस्तो ब्याजदर बढेर पाँच दशमलव २८ प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७९ माघमा पाँच दशमलव २९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर चार दशमलव ८० प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार २०७८ माघमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर पाँच दशमलव ३२ प्रतिशत रहेकोमा २०७९ माघमा नौ दशमलव ७९ प्रतिशत छ । वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ माघमा आठ दशमलव ५३ प्रतिशत रहेकोमा २०७९ माघमा बढेर १० दशमलव ७२ प्रतिशत कायम भएको छ । २०७९ माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव ४१ प्रतिशत छ । यस अवधिमा कर्जाको भारित औसत ब्याजदर भने बढेर १३ दशमलव शून्य तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः छ दशमलव ४९ प्रतिशत र १० दशमलव ३१ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकले १५ अर्ब रुपैया“ वित्तीय प्रणालीमा पठाउने
नेपाल राष्ट्र बैंकले चैत २ गते अर्थात् आज बिहीबार १५ अर्ब रुपैयाँ वित्तीय प्रणालीमा पठाउने भएको छ । राष्ट्र बैंकका अनुसार अल्पकालीन अर्थात् १४ दिने अवधिको रिपो जारी गरेर वित्तीय प्रणालीमा उक्त प्रणालीमा रकम पठाउन लागिएको हो ।
परिपक्व हुने अवधि १४ दिन अर्थात् यही चैत १६ गते तोकिएको रिपो खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले आज अपराह्न ३ बजेसम्म नेपाल राष्ट्र बैंकमा आवेदन पेस गर्नुपर्नेछ । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव अर्थात् तरलताको अभाव देखिएको त्यस्तो अभावलाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले रिपो जारी गर्ने गर्दछ । यसलाई राष्ट्र बैंककै भाषामा भन्नुपर्दा बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण नैं ‘रिपो’ हो ।
वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव अर्थात् तरलता अभावको समस्या भएको खण्डमा राष्ट्र बैंकले उक्त अभावलाई नियन्त्रणमा राख्नको लागि अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्छ । यसअन्तर्गत राष्ट्र बैंकले विभिन्न समयमा बैैंक तथा फाइनान्स कम्पनीहरुलाई आफैँले बिक्री गरेको टे«जरी बिलहरु बोलकबोलको माध्यमद्वारा आफैँले खरिद गरी बजारमा रकम पठाउने गर्छ । अर्कोतर्फ बजारमा अधिक तरलताको समस्या भएमा त्यस्तो रकमको दुरुपयोग नहोस्, त्यस्तो रकम बैंकिङ च्यानलमा ल्याउनको लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया