Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन बैंकद्वारा ज्येष्ठ नागरिकलाई सहयोग

सिटिजन बैंकद्वारा ज्येष्ठ नागरिकलाई सहयोग


बझाङ, चैत ९
जिल्लामा सञ्चालनमा रहेको ज्येष्ठ नागरिक जिल्ला संघ बझाङलाई सिटिजन बैंकको शाखा कार्यालय बझाङले सहयोग गरेको छ । सिटीजन बैंक बझाङका कार्यलय प्रमुख बम बहादुर बुढालगायतको टोलीले एक कार्यक्रमका बीच ज्येष्ठ नागरिक जिल्ला संघलाई २५ हजार रुपैयाँ सहयोग गरेको हो । सिटिजन बैंकको सामाजिक दायित्व कार्यक्रमअन्तर्गत संघलाई सहयोग गरेको बैंकले जनाएको छ । आर्थिक सहयोग ग्रहण गर्दै ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष लालबहादुर खड्काले बैंककोे प्रगतिको कामना गरे । साथै उनले आफूहरुले आर्थिक सहयोगबाहेक अन्य सहयोग गर्न तयार रहेको बताए । उक्त रकम दुःख पाएका ज्येष्ठ नागरिकलाई सहयोग गर्ने खड्काको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया