नेष्डो समृद्ध लघुवित्तको नाफा ११ करोड
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ११ करोड दुई लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १० करोड ७३ लाख ८६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब ५९ करोड ४६ लाख चार हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५६ करोड २५ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ८८ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ३० करोड १४ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २१ करोड ७३ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ७५ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया