Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंक र ब्लूक्रस हस्पिटलबीच सम्झौता

सिद्धार्थ बैंक र ब्लूक्रस हस्पिटलबीच सम्झौता


काठमाडौं, चैत ९
सिद्धार्थ बैंक लिमिटेड र काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लूक्रस हस्पिटलबीच सम्झौता भएको छ । बैंकले आफ्ना कर्मचारी तथा ग्राहकहरुलाई हस्पिटलले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सम्झौतापछि बैंकका कर्मचारीहरुले बैंकको डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिँदा १२ प्रतिशतसम्मको छुट र ग्राहकहरु तथा कर्मचारीका सदस्यहरुले सेवा लिँदा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेशराज महर्जन र ब्लूक्रस हस्पिटलका तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्यसचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकले हाल देशभर एक सय ८५ वटा शाखा (तीनवटा एक्सटेन्सन काउन्टरसहित), एक सय एकवटा शाखारहित बैंकिङ सेवा, दुई सय पाँचवटा एटीएम र १६ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया