Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइ–सेवाबाट कुनै पनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने

इ–सेवाबाट कुनै पनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने


काठमाडौं, चैत ९
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार इ–सेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । इ–सेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागि लागू हुने गरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको हो । इ–सेवामार्फत इ–सेवा खातामै (पीटुपी ट्रान्सफर) गर्दा यसअघि नै निःशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्सफर पनि निःशुल्क बनाइएको हो ।

इ–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निःशुल्क बनाएका छौँ । यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका छौँ ।’ इ–सेवाले ग्राहकका लागि अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने जनाएको छ । इ–सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

इ–सेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इ–सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया