बैंकिङ क्षेत्रको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ प्रतिशत
कुल कर्जाको ६७ प्रतिशत कर्जा घरजग्गा धितोमा
काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप रकममा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुमा रहेको निक्षेप पाँच प्रतिशत अर्थात्दुई खर्ब ५३ अर्ब ९७ करोड रुपैयाँले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप तीन दशमलव छ प्रतिशत अर्थात्एक खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १० दशमलव पाँच प्रतिशतले बढेको छ । २०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश भने क्रमशः सात दशमलव आठ प्रतिशत, २५ दशमलव आठ प्रतिशत र ६० दशमलव एक प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः आठ दशमलव तीन प्रतिशत, ३० दशमलव एक प्रतिशत र ५४ दशमलव सात प्रतिशत रहेको थियो । चालू आवको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ दशमलव छ प्रतिशत छ । २०७८ माघ मसान्तमा यस्तो निक्षेपको अंश ३८ दशमलव आठ प्रतिशत रहेको थियो ।
चालू आवको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा भने तीन दशमलव दुई प्रतिशत अर्थात् एक खर्ब ४२ अर्ब १२ करोड रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२ दशमलव तीन प्रतिशत अर्थात्पाँच खर्ब तीन अर्ब ९९ करोड रुपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा तीन दशमलव नौ प्रतिशतले बढेको छ । २०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव पाँच प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव पाँच प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव नौ प्रतिशत र ३६ दशमलव एक प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह तीन दशमलव दुई प्रतिशतले, विकास बैंकहरुको चार दशमलव एक प्रतिशतले र फाइनान्स कम्पनीहरुको शून्य दशमलव आठ प्रतिशतले बढेको छ । २०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६७ दशमलव तीन प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२ दशमलव दुई प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७८ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६ दशमलव आठ प्रतिशत र १२ दशमलव सात प्रतिशत रहेको थियो । यसैगरी चालू आवको सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा छ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ दशमलव छ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा चार दशमलव दुई प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा नौ दशमलव छ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा तीन दशमलव चार प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा छ दशमलव एक प्रतिशतलेर उपभोग्य क्षेत्रतर्फको कर्जा एक दशमलव पाँच प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३ दशमलव नौ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा दुई दशमलव पाँच प्रतिशतले र रियलस्टेट कर्जा दुई दशमलव चार प्रतिशतले बढेको छ । यस अवधिमाअधिविकर्ष कर्जा ५६ दशमलव दुई प्रतिशतले, ट्रष्ट रिसिट अर्थात् आयात कर्जा शून्य दशमलव सात प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा सात दशमलव एक प्रतिशतले र हायर पर्चेज कर्जा नौ दशमलव नौप्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया