जनउत्थान लघुवित्तको नाफा ३५ लाख ५४ हजार
काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्थाले चालू आथिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३५ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड १९ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ करोड ७९ लाख छ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा ८० करोड ८२ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब छ करोड ४६ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड १७ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा प्रोभिजन रकम दुई करोड ९५ लाख दुई हजार रुपैयाँ रहेको छ भने स्प्रेड दर चार दशमलव १५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ७८ करोड ८२ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २१ करोड छ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ३२ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर आठ दशमलव २४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नेकपा एमालेको सचिवालय बैठक सुरु
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया