प्रभु बैंक र सीजी मोटर्सबीच सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र सीजी मोटर्स प्रालिबीच सम्झौता भएको छ । दुवै संस्थाहरूले विद्युतीय सवारीसाधनमा लगानी विषयमा सम्झौता गरेका हुन् । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सिजी मोटर्सले आयात गरेको नेटा भी मोडेल/ब्रान्डका विद्युतीय गाडी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्नसक्ने व्यवस्था भएको छ । हाल बैंकको देशभर रहेको तीन सय ६५ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यो सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #15
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया