Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक ओरालो लाग्यो

सेयर बजार परिसूचक ओरालो लाग्यो


काठमाडौं, चैत १०
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन बजार परिसूचक १८ दशमलव दुुई अंकले ओरालो लागेर १२ सय ५१ दशमलव ४५ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ७६ अंकले ओरालो लागेर दुुई सय ७१ दशमलव छ अंकमा झरेको छ । यसदिन कुुल एक सय २३ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार दुुई हजार तीन सय ९१ वटा कारोबारमा चार लाख ८० हजार पाँच सय २७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम १९ करोड ४६ लाख ४२ हजार नौ सय ८४ रूपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा ११ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार तीनवटा समूहको सूचक उकालो लागेर आठवटा समूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २७ दशमलव १३ अंकले ओरालो लागेर एक हजार ९३ दशमलव २६ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि १५ दशमलव ६७ अंकले ओरालो लागेर १७ सय ११ दशमलव एक अंकमा झरेको छ ।

जलविद्युुत् समूहको सूचक चार दशमलव ८७ अंकले ओरालो लागेर नौ सय ३३ दशमलव छ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय तीन दशमलव ९८ अंकले घटेर छ हजार सात सय ९७ दशमलव २० अंकमा पुगेको छ । यीबाहेक टे«डिङ, फाइनान्स, उत्पादनमूलक र लघुुवित्त समूहको सूचक पनि क्रमशः १० दशमलव ५६, चार दशमलव ८७, २९ दशमलव तीन र १७ दशमलव ९४ अंकले ओरालो लागेका छन् । होटल समूहको सूचक भने ५२ दशमलव ९९ अंकले उकालो लागेर १५ सय ६३ दशमलव ४६ अंकमा उकालो लागेर निर्जिवन बीमा समूहको सूचक पनि एक दशमलव २६ अंकले उकालो लागेर पाँच हजार दुुई सय ७१ दशमलव ७५ अंकमा चढेको छ । यसैगरी अन्य समूहको सूचक पनि सात दशमलव २८ अंकले उकालो लागेर छ सय ७९ दशमलव ९३ अंकमा चढेको छ ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको जनउत्थान सामुुदायिक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रूपैयाँ ६९ पैसाले बढेर १८ सय ९० रूपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको अपी पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य सात रूपैयाँ ४१ पैसाले बढेर एक सय १६ रूपैयाँमा कारोबार भएको छ । यीबाहेक सेन्ट्रल फाइनान्स, सिभिल लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको गुुहेश्वरी मर्चेन्ट फाइनान्सको सेयर मूल्य नौ रूपैयाँ ३७ पैसाले घटेर एक सय १६ रूपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता सेयर मूल्य छ रूपैयाँ ८९ पैसाले घटेर तीन सय २४ रूपैयाँमा कारोबार भएको छ । यीबाहेक एनसीसी बैंक, प्राइम कमर्सियल बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता एक हजार ५४ रूपैयाँ अन्तिम मूल्यमा दुुई करोड ८१ लाख ७० हजार ६१ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनएमबी बैंकको प्रतिकित्ता तीन सय ७७ रूपैयाँ अन्तिम मूल्यमा एक करोड ९६ लाख ८६ हजार दुुई सय ६४ रूपैयाँको कारोबार भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, नबिल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया