Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंक र महानगरीय प्रहरी कार्यालयको संयुक्त पहलमा हात धुने व्यवस्था

माछापुच्छ्रे बैंक र महानगरीय प्रहरी कार्यालयको संयुक्त पहलमा हात धुने व्यवस्था


काठमाडौं, चैत १०
माछापुच्छ्रे बैंक र महानगरीय प्रहरी कार्यालयको संयुक्त पहलमा कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि साबुनपानीले हात धुन अनुरोध गर्दै काठमाडौँका विभिन्न स्थानमा साबुनपानीको व्यवस्था गरेको छ । बैंकले आइतबारदेखि काठमाडौँको अत्यन्त भीडभाड हुने स्थान नयाँबानेश्वर चोकमा पाँच हजार लिटरको पानी ट्यांकी तथा साबुन÷स्यानिटाइजरको व्यवस्था गरेको हो । आइतबार बिहान बानेश्वर चोकमा व्यवस्था गरिएको हात धुने ठाउँको महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौँका प्रमुख प्रहरी नायब महानिरिक्षक विश्वराज पोखरेल तथा माछापुच्छ«ेका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले संयुक्तरूपमा उद्घाटन गरेका हुुन् ।

अत्यावश्यक कामका लागि बाहिर निस्किने आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वर चोकलगायत काठमाडौं तथा भक्तपुरका अत्यन्त भीडभाड हुने प्रमुख १६ स्थानहरूमा हात धुने ठाउँको व्यवस्था गरेको हो । विश्वका अधिकांश देशमा महामारीको रूपमा देखापरेको कोरोना भाइसरको संक्रमणबाट बच्नको लागि साबुनपानीले हात धुनु अनिवार्य रहेको तथा कामविशेषले बाहिर निस्किने नागरिकको लागि सबै सार्वजनिक स्थानमा हात धुन सम्भव नहुने हुँदा बैंक तथा महानगरीय प्रहरी कार्यालयले आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त व्यवस्था गरेको हो ।

बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्रअन्तर्गत पर्ने भएको हुनाले बैंकले आफ्नो मुख्य कार्यालयलगायत सम्पूर्ण शाखा कार्यालयहरूमा ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्याप्त स्यानिटाइजरको व्यवस्था गरेको छ । बैंकले अत्यावश्यकबाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्र्दै बैंकिङ कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका विभिन्न डिजिटल भुक्तानीका माध्यमहरूको उपयोग गर्न सबैमा आग्रह गरेको छ । साथै बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरूबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुँदा नगद कारोबारलाई कम गरिदिनुहुनसमेत सम्पूर्ण ग्राहक महानुभावहरूमा आग्रह गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया