Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघान्द्रुक फोहोर व्यवस्थापनको लागि ज्योति विकास बैंकको सहयोग

घान्द्रुक फोहोर व्यवस्थापनको लागि ज्योति विकास बैंकको सहयोग


काठमाडौं । ज्योति विकास बैंकले घान्द्रुक फोहोर व्यवस्थापनको लागि ६६ वटा डस्टबिन प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत घान्द्रुक पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण गाउँपालिका वडा नं १०/११, घान्द्रुकलाई ६६ वटा डस्टबिन हस्तान्तरण गरेको हो । देशको पर्यटकीय नगरी घान्द्रुकलाई सफा र सुन्दर राख्न तथा सो क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्ने उद्देश्यका साथ बैंकले उक्त सहयोग गरेको हो ।

एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङलाई उक्त डस्टबिनहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने, घान्द्रुक शाखा प्रबन्धक प्रदिप सुनामलगायत बैंकका अन्य कर्मचारीहरू, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा बैंकले घान्द्रुक घुम्न जाने पर्यटकहरूलाई सवारीसाधनको भाडा भुक्तानीमा सहजता प्रदान गर्न र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले जीप सञ्चालक समितिको संयोजकत्वमा जीपहरूलाई क्युआर कोड वितरण गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

ताजा अपडेट