Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंकको नयाँ शाखा काभ्रेको पनौतीमा

लक्ष्मी बैंकको नयाँ शाखा काभ्रेको पनौतीमा


काठमाडौं, चैत ११
लक्ष्मी बैंकले काभ्रेको पनौतीमा पनि शाखा विस्तार गरेको छ । यो समेत गरी बैंकको कुुल शाखा संख्या एक सय २१ वटा पुुगेको छ । उक्त शाखामार्फत बैकंले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पु-याउने लक्ष्य राखेको छ । नयाँ शाखाको साथ बैंकको सञ्जाल ४८ जिल्लामा एक सय २१ शाखा, चारवटा एक्सेन्शन काउन्टर र चार वटा हस्पिटल सेवा काउन्टर, एक सय ५० वटा एटीएम, दुुई हजार पाँच सयभन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६४ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।

यी सबै शाखाको साथ बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा आक्रामक रूपमा सेवा विस्तार गर्दै आएको छ ।

उक्त शाखाको विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवाप्रादन गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ९० करोड ३० लाख ३९ हजार रूपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ७२ करोड ३७ लाख ९१ हजार रूपैयाँ रहेको थियो ।

चुक्ता पुँजी नौ अर्ब १२ करोड २५ लाख ६० हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ८८ अर्ब २३ करोड आठ लाख एक हजार रूपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ५२ करोड पाँच लाख ९६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ७४ करोड ४४ लाख चार हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा ५९ करोड ८८ लाख ४४ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात शून्य दशमलव ८८ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ८० अर्ब ३२ करोड ४६ लाख ३३ हजार रूपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ६१ करोड ५९ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ४५ करोड ४३ लाख ३१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया