Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसांग्रिला डेभलपमेन्ट बैंकद्वारा डोनेसन बक्स हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा डोनेसन बक्स हस्तान्तरण


काठमाडौं, चैत ११
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गण्डकी प्रदेशअन्तर्गत मुस्ताङ जिल्लाको बारा मुक्तिक्षेत्र गाउँपालिकास्थित मुक्तिनाथ मन्दिरलाई डोनेसन बक्स प्रदान गरेको छ । उक्त सहयोगले मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरूले चढाउने नगद रूपैयाँको व्यवस्थापनमा सहयोग पुग्नेछ ।

बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट डेभलपमेन्ट बैंकका शाखा प्रमुख राजिव पौडेलले गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली तथा मुक्तिनाथ विकास समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याललाई हस्तान्त्तरण गरेका हुुन् । यसरी बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरूबाट आफ्नो आवश्यकताअनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक संस्थाहरूलाई सहयोग गर्दै आइरहेको छ ।

बैंकले चालू आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा १९ करोड १३ लाख ६७ हजार चार सय ७६ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने १३ करोड ११ लाख ५१ हजार रूपैयाँ रहेको थियो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १९ करोड १० लाख ९७ लाख ६३ हजार रूपैयाँ रहेको थियो ।

चुक्ता पुँजी दुुई अर्ब ६० करोड ६६ लाख ४० हजार चार सय रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा २३ अर्ब ५२ करोड ९१ लाख २७ हजार तीन सय ४१ रूपैयाँ निक्षेप संकलन गरी २१ अर्ब २७ करोड ११ लाख ८६ हजार छ सय ६४ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५४ करोड ५९ लाख १६ हजार एक सय ९६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा बैंकले १९ अर्ब ४२ करोड ३८ लाख ३३ हजार चार सय ४८ रूपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६५ लाख ७५ हजार सात सय २० रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४७ करोड ४८ लाख ७० हजार नौ रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया