काठमाडौं । एनआईसी एसिया लघुवित्तले ‘विश्व वित्तीय सप्ताह २०२३’को अवसरमा देशव्यापी वित्तीय साक्षरता अभिमुखीकरण तथा ¥याली कार्यक्रम सञ्चालन गरेको छ । लघुवित्तले ग्रामीण समुदायमा लक्षित गरी वित्तीय सचेतना फैलाउने उद्देश्यले देशभर कार्यक्रम गरेको हो ।
लघुवित्तले मधेश प्रदेशअन्तर्गत बर्दिबास, बट्टेश्वर र कल्याणपुर, कोशी प्रदेशअन्तर्गत भद्रपुर र धाइजान, गण्डकी प्रदेशअन्तर्गत नगलपरासी र क्यामिन (आबुखैरेनी), लुम्बिनी प्रदेशअन्तर्गत महाराजगञ्ज (डुमरा) र सुदूरपश्चिम प्रदेशको बहुनियालगायतका स्थानमा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
यस्तो कार्यक्रमले समुदायस्तरमा रहेका सदस्यहरूलाई वित्तीय कारोबार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न बचत गर्ने बानी बसाल्न, कर्जाको सही सदुपयोग गर्न, वित्तीय सेवासम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन, बीमा, विप्रेषणजस्ता विषयमा चेतना अभिवृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास लिइएको लघुवित्तले जनाएको छ ।
‘साथीसँगै सबल बन्दै’ भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एसिया लघुवित्त देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र सबल सक्षम एवं विश्वसनीय लघुवित्त बन्न सफल भएको लघुवित्तले
जनाएको छ ।
लघुवित्तले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोकलगायत बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा आफ्नो उपस्थिति बढाउँदै लगेको जनाएको छ । लघुवित्तले नेपालभर दुई सय ८७ शाखा कार्यालयमार्फत दुई लाख बढी सदस्यहरूलाई लघुवित्त सेवा दिँदै आएको छ ।
लघुवित्तले न्यून आय भएका तथा साना तथा मझौला उद्यमी सदस्यहरूलाई गुणस्तरीय वित्तीय सेवा तथा गैह्रवित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएकोे छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया