Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकर्स संघ र सीएनआईबीच छलफल

नेपाल बैंकर्स संघ र सीएनआईबीच छलफल


काठमाडौं, चैत ११
नेपाल बैंकर्स संघ (एनबीए) र नेपाल उद्योग परिसंघ (सीएनआई)बीच छलफल भएको छ । पछिल्लो समय विश्व महामारीको रूपमा रहेको कोरोना भाइरसको नेपालमा पर्नसक्ने प्रभाव र यसले उद्योग व्यवसाय र बैंकिङ क्षेत्रमा पर्नसक्ने प्रभावका सम्बन्धमा दुुईवटा संगठनका प्रतिनिधिहरूबीच छलफल भएको हो ।

भेटमा निजी क्षेत्रले सञ्चालन गरेका उद्योग व्यवसाय र बैंक भनेका एक–अर्काको पुरकको रूपमा रहेको र निजी क्षेत्र र बैंकले आगमी दिनमा कोभिड १९ बाट पर्नसक्ने असरको सम्बन्धमा समान धारणा बनाउनु पर्ने निष्कर्ष रहेको छ । वर्तमान अवस्थामा पर्यटन र हवाई क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव देखिए पनि समग्र क्षेत्रमा यसको प्रभाव पर्ने र आपूर्ति व्यवस्था मिलाउनको लागि अत्यावश्यक वस्तुहरूको उत्पादन तथा वितरण गर्ने कम्पनीहरूलाई समेत सुचारु राख्नको लागि सरकारले आवश्यक व्यवस्थापन मिलाउनेतर्फ ध्यान दिन अनुरोध गरेको छ ।

ऋण पुनर्संरचना, अग्रिम कर र भ्याट बुझाउनको लागि समयावधि थप गरी उद्योग व्यवसाय बन्द भएको अवस्थामा मजदूरहरूको ज्याला सम्बन्धमा सरकारबाट समेत सहयोगको अपेक्षा गरेको छ । सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा निजी क्षेत्रबाट प्रवाह गरिने सेवाहरू कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल भएको थियो । वर्तमान अवस्थामा बैंकिङ क्षेत्रबाट निजी क्षेत्रले गरेका अपेक्षाहरूलाई पूरा गर्न सरकारको सहयोग आवश्यक रहेकोले निजी क्षेत्र र बैंकहरूबीचको आपसी सहकार्यले विशेष अर्थ राख्ने धारणा रहेको छ ।

छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोर, वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्ष राजेश अग्रवाल, बैकिङ समितिका सभापति अनलराज भट्टराई र बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल, उपाध्यक्ष अनुकुल भट्नाकर, सल्लाहकार अनिल शाहलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया